बुर्किना फासोमा बन्दुकधारीको आक्रमणले २० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २०, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाण्डौ । उत्तर अफ्रिकी देश बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा परी २० जनाको मृत्यु भएको छ । मोटरसाइकलमा आएका हतियारधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।

बानी नगरपालिकाको गाउँमा शनिबार राति आक्रमण भएको समाचार संस्था एएफपीले जनाएको छ । एक हप्ताअघि बिद्रोही समूहले सिग्गाड्जी बजारमा गरेको आक्रमणमा ३९ जनाको ज्यान गएको थियो ।

गएको वर्ष ९सन् २०१९० मा बुर्किना फासोमा हिंसामा परी ज्यान गुमाउनेको संख्या चार हजार भन्दा बढी पुगेको थियो । यो सन् २०१२ यताकै ठूलो मानवीय क्षति हो ।

ताजा अपडेट

खोजी गर्नुहोस